काठमाडौं, साउन ३० । नेपाल आयल निगमले आज काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका बिक्री केन्द्रबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ। ग्यास खरिद गर्दा उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
कहाँ–कहाँ पाइन्छ ग्यास ?
- टेकुस्थित नेपाल आयल निगम परिसर : नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल
- यातायात कार्यालय परिसर, चाबहिल : नेपाल र एचपी
- राधास्वामी, कीर्तिपुर परिसर : नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम
- राधास्वामी, बसुन्धरा परिसर : नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम
- पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल : नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित बिक्री गरिरहेको जनाएको छ।
उपभोक्तालाई अनावश्यक रूपमा लामो लाइनमा नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्