काठमाडौं, साउन ३० । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ८० औं स्वतन्त्रता दिवस मनाएको छ । शनिबार भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय भण्डा झण्डोत्तोलन गरेर कार्यक्रम उद्घाटन गर्नुभयो ।
स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो पनि सो क्रममा प्रशारण गरिएको थियो ।कार्यक्रममा राजदूतले भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका एकल ९वीर नारी० तथा निकटतम आश्रितहरूलाई सम्मान गरिएको दूतावासले जनाएको छ ।
कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ (एजिआइएफ) को चेकसमेत मृतकका परिवारलाई हस्तान्तरण गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पनि समारोहमा पुरस्कृत पनि गरिएको थियो । यसैबीच, शैक्षिक सामग्रीमाथिको पहुँच बढाउने उद्देश्यका साथ दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणा समेत गरेको दूतावासले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्