जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १७:५५

काठमाडौं आइपुग्नुभयो भारतीय प्रधानसेनापति सेठ


काठमाडौं, साउन ३१ । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आफ्नो पहिलो विदेश भ्रमणका क्रममा नेपाल आइपुग्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली सेनाका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको छ ।

नेपाल भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै दुई देशबीचको आपसी सहयोगका विषयमा छलफल गर्ने तयारी छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने कार्यक्रम रहेको छ ।

भारत र नेपालका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि रहँदै आएको छ ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि गत वर्ष भारतको मानार्थ महारथीको दर्जा प्राप्त गर्नुभएको थियो ।