काठमाडौं, पुष १०
संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा रहँदा पनि चर्चामा रहेका पार्टीका अध्यक्ष एंव तत्कालिन उपप्रधान तथा स्वास्थ्यमन्त्री (कानुन) उपेन्द्र यादव अहिले पनि चर्चामा छन् । राष्ट्रिय जनता पार्टीले त्यसबेला पार्टी एकताका लागि सरकार छाड्न दवाव दिएपनि नमान्नु भएका यादवले अहिले भने राजपाकै आग्रहमा सरकार छाडेको बताउदै आउनु भएको छ ।
सरकारमा रहँदा भने उहा ‘डुलुवामन्त्री’का रुपमा चर्चामा रहनु भयो । २०७५ जेठ १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिनु भएका यादवको ध्यान भने स्वास्थ्य मन्त्रालयको काममा भन्दा विदेश भ्रमणमै बढी देखिएको थियो । देशभर डेंगी फैलिरहेको अवस्थामा उहा भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गएपछि निक्कै ठुलो आलोचना भएको थियो । तर, त्यसले उहालाई कुनै असर पारेन । स्वास्थ्य मन्त्रालय आएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्याण्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनुभएका मन्त्री यादवको विदेश यात्रा त्यसपछि रोकिएन । बरु झन् निरन्तर बढ्दै गएको थियो ।
२०७५ भाद्र ११ र १२ गते भियतनामको हनोई सहरमा भएको कार्यक्रममा जानु भएका यादव त्यसलगत्तै भाद्र १८ गते एक हप्ते कार्यक्रममा सहभागी हुन भारत पुग्नुभयो । त्यसपछिको उहाको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो। तर भिसा नपाएपछि सहभागी हुन सक्नु भएन । अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कार्यक्रममा जान नपाउनु भएको हो । तर, संयुक्त राष्ट्रसंघको ७४औं महासभामा भने भाग लिन अमेरिकाले भिषा दियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार शुरुको एक वर्षको अवधिमा उहाले २५ पटकभन्दा बढी विदेश भ्रमणमा जानु भएको रेकर्ड छ । लन्डन, टर्कीको आनटल्या, कजकास्तानको अस्तानामा, जेनेभा र भारतमा आयोजना गरिएका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा उहाले सहभागिता जनाउनु भयो ।
सरकारमा सामेल भएको १९ महिनाको अवधिसम्म संविधान संशोधनका विषयमा चुँसम्म नबोल्नु भएका उपप्रधानमन्त्री यादवले गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा संविधान संसोधन सम्बन्धी ठाडो प्रस्ताव लैजाने प्रयत्न गर्नुभयो । उक्त प्रयत्नलाई प्रधानमन्त्री ओलीले तत्काल ठाडै अस्वीकार गरिदिनुभयो । संविधान संशोधन प्रस्ताव लैजाने निश्चित प्रक्रिया हुन्छन् भन्ने सामान्य ज्ञान पटक पटक मन्त्री भइसकेका यादवलाई थिएन भनेर पत्याउन सकिन्न । जानी जानी उहाले प्रक्रिया मिचेर एकाएक यो ठाडो प्रस्ताव लग्नु भएको थियो । अर्थात यो ठाडो प्रस्ताव सरकार छाड्ने निहु मात्रै थियो ।
त्यसो त उहाको मन्त्रालय सरुवा हुँदापनि यादव विदेशमै रहनु भएको थियो । मन्त्रालयको काममा भन्दा विदेश भ्रमणमा बढि हिडेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली पनि रुष्ट हुनु भएको समाचारहरु आउने गरेका थिए । सरकारमा सामेल भएको १९ महिनाको अवधिसम्म संविधान संशोधनका विषयमा चुँसम्म नबोल्नु भएका उपप्रधानमन्त्री यादवले गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा संविधान संसोधन सम्बन्धी ठाडो प्रस्ताव लैजाने प्रयत्न गर्नुभयो । उक्त प्रयत्नलाई प्रधानमन्त्री ओलीले तत्काल ठाडै अस्वीकार गरिदिनुभयो । संविधान संशोधन प्रस्ताव लैजाने निश्चित प्रक्रिया हुन्छन् भन्ने सामान्य ज्ञान पटक पटक मन्त्री भइसकेका यादवलाई थिएन भनेर पत्याउन सकिन्न । जानी जानी उहाले प्रक्रिया मिचेर एकाएक यो ठाडो प्रस्ताव लग्नु भएको थियो । अर्थात यो ठाडो प्रस्ताव सरकार छाड्ने निहु मात्रै थियो ।
अपमानपूर्वक सरकारमा रहिरहनुभन्दा बहिरिएकै राम्रो भन्ने विश्लेषण संघीय समाजवादी फोरमका सबैजसो नेताहरूले गरेका छन् । आफ्नो पार्टीले सरकार छाडेपछि केही राजनीतिक तरंग उत्पन्न हुन्छ कि ? भन्ने आशा पनि संघीय समाजवादी पार्टी पंक्तिमा देखिएको छ । तर यो भ्रम मात्रै हो । यो राजीनामाको तत्काल असर भनेको सरकारको दुई तिहाई बहुमत गुम्नु हो । प्रतिनिधिसभामा दुई तिहाईका लागि १८३ सदस्य आवश्यक पर्दछ । संविधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्न तथा संवैधानिक अंगका पदाधिकारीमाथि महाअभियोगको प्रस्ताव पारित गर्नबाहेक दुई तिहाई बहुमत चाँहिदैन । सर्वदलीय सहमतिबिना यस्ता प्रस्ताव आउदा पनि आउँदैनन् ।
प्रतिक्रिया दिनुहोस्