जनता टाइम्स

७ आश्विन २०८३, बुधबार २०:१५

अण्डाको मूल्य फेरि बढ्यो


काठमाडौं, असोज ७ । बजारमा अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाएको हो ।

संघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबैभन्दा ठूलो ९ एक्सएल अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ पुगेको छ । ठूलो अण्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ ।

नयाँ मूल्यअनुसार ९ एक्सएल अण्डा प्रतिक्रेट ६१५ रुपैयाँ र ठूलो अण्डा प्रतिक्रेट ६०० रुपैयाँ पर्नेछ ।

यसअघि भदौ १९ गतेदेखि लागू हुने गरी संघले ९ एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अण्डा ५९० रुपैयाँ र मिडियम अण्डा ५५० रुपैयाँ तोकेको थियो ।

पछिल्लो मूल्यवृद्धिसँगै उपभोक्ताले अण्डाका लागि थप रकम तिर्नुपर्ने भएको छ ।