जनता टाइम्स

१० आश्विन २०८३, शनिबार ०७:२३

डलर र पाउन्डको भाउ घट्दा युरोको बढ्यो


काठमाडौँ, असोज १०। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । शुक्रबार खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा थियो ।

आज युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ कायम भएको छ । शुक्रबार युरोको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा थियो ।

त्यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा छ ।

कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २२ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।