काठमाडौं, असोज ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ तोकिएको छ ।
यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ १८ पैसा र १०८ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ७३ पैसा र १२० रुपैयाँ २० पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा र २२ रुपैयाँ ८८ पैसा तथा साउदी रियाल एकको ४० रुपैयाँ ७५ पैसा र ४० रुपैयाँ ९१ पैसा तोकिएको छ ।
कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा, युएई दिरामको ४१ रुपैयाँ ६६ पैसा र ४१ रुपैयाँ ८२ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।
यसैगरी, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको १५ रुपैयाँ ४४ पैसा र १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ३२ पैसा र २३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनारको ४९७ रुपैयाँ २७ पैसा र ४९९ रुपैयाँ २२ पैसा तथा बहराइन दिनारको ४०५ रुपैयाँ ८९ पैसा र ४०७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्