काठमाडौं, असोज १३ । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले घटेको छ । चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलाको ४ हजार ३९५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँ र चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्