काठमाडौं, असोज १५ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी र अस्ट्रेलियन डलरसहित कुवेती तथा बहराइन दिनारको मूल्य घटेको छ भने युरो र पाउन्ड स्ट्रलिङको मूल्य बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा तोकिएको छ। बुधबार खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा थियो।
युरो १ को खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा कायम भएको छ। बुधबार खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा थियो।
पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। बुधबार खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा छ। बुधबार खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा थियो।
त्यस्तै, कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०७ पैसा तथा बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ५३ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्