जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार १८:५८

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’


काठमाडौं, असोज १६ । माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथाग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

बैंकको आधिकारिक वेबसाईट www.machbank.com मा MAYA को आईकन देख्न सकिन्छ र यसै मार्फत ग्राहकहरुले आफ्नो जिज्ञासा च्याट मार्फत राख्न सक्छन् । ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको MAYA एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो ।

नियमित बैंकिङ सम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंक कर्मचारीहरुसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज रूपमा प्राप्तगर्न सकियोस् भन्ने उद्देश्यले MAYA प्रविधिको विकास गरिएको सो बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले प्रेस बिज्ञप्तिमार्फत जनाएअनुसार MAYA को सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अझ दक्ष तथा ग्राहक अनुकूल बैंकिङ अनुभव सिर्जना गर्दै स्मार्ट बैंक बन्ने बैंकको दृष्टिकोणलाई समेत थप सहयोग गर्नेछ ।

साथै, ग्राहकका जिज्ञासाहरूलाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न MAYA को क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार तथा परिष्कृत गर्दै लगिने पनि बैंकले जनाएको छ।

ग्राहकबाट प्राप्त हुने सुझाव तथा प्रयोगबाट सिक्दै भविष्यमा यसको शुद्धता र उपयोगितालाई थप अभिवृद्धि गर्दै लगिने जानकारी पनि बैंकले दिएको छ।