काठमाडौं, असोज १७ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्दर्य सम्बन्धि सेवा सुविधामा हेयर कटिङ, थ्रेडिङ, हेयर केमिकल, फेसियलमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बीच रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज वैध श्रेष्ठ र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकारी प्रचिता श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठ को समेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथाकर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियोमा Hair cutting,Threading , Beauty related classes Hairchemical,Facial&SkinTreatment,Nail/Manicure/Pedicure/WaxingMake up & Make up package and cosmetic/Skin care Product मा सौन्दर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म र कर्मचारीहरुलाई ५ देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा बिद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र पेश गर्नुपर्ने उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्