काठमाडौं, असोज १७ । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको १३औँ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ।
ललितपुर जिल्ला सहकारी संघको सभाहल महालक्ष्मीस्थानमा शनिबार आयोजित साधारण बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास पूर्वमन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष चन्द्रप्रसाद रिजालकाे अध्यक्षतामा भएको थियो । त्यस्तै, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
सभामा संघका संस्थापक उपाध्यक्ष मुकुन्दप्रसाद दाहाल, पूर्वउपाध्यक्ष तथा सल्लाहकार शिवप्रसाद कट्टेल, ललितपुर जिल्ला सहकारी संघका सचिव अनिल वीर बज्राचार्य, बागमती प्रदेश सहकारी संघका व्यवस्थापक रूपक घिमिरेलगायतको उपस्थिति रहेको थियो।
साधारण सभामा सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिले प्रस्तुत गर्नुभएका विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो। साथै, संघको दोस्रो विनियम संशोधन प्रस्तावमाथि समेत छलफल गरी पारित गरिएको संघका महासचिव तेजबहादुर बोहोराले जानकारी दिनुभयाे ।

सभामा उत्कृष्ट सदस्य संस्थाको विधातर्फ गोदावरी नगरपालिका–१० स्थित रमणीय पर्यटन सहकारी संस्थालाई सम्मान गरिएको थियो। साथै, विभिन्न विधामा योगदान पुर्याउने अन्य व्यक्ति तथा संस्थाहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी अतिथि वक्ताहरूले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा पर्यटन व्यवसायका विद्यमान अवसर तथा चुनौतीबारे चर्चा गर्नुभएको थियो। उहाँहरूले पर्यटनका सम्भावित क्षेत्रहरूको पहिचान गरी सहकारीको माध्यमबाट पर्यटन विकासमा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियाे ।
वक्ताहरूले देशका सम्भावित पर्यटन क्षेत्रहरूको पहिचान गरी सहकारी अभियानको माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन र समग्र विकासमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमका सहभागीलाई उपाध्यक्ष टीकाराम भट्टराईले स्वागत गर्नुभएको थियो।












प्रतिक्रिया दिनुहोस्