जनता टाइम्स

३ कार्तिक २०८३, मंगलबार १९:४६

जातीय विविधतामा एकता र परम्परागत संस्कारको निरन्तरता नै नेपालको मूल आत्मा : मुख्यमन्त्री किरण थापा 


काठमाडौं, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जातीय विविधतामा एकता र परम्परागत संस्कारको निरन्तरता नै नेपालको मूल आत्मा भएको बताउनुभएको छ।

बडादशैँको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री थापाले नेपाली मौलिक रीति, थिति, संस्कार, संस्कृति र परम्पराको जगेर्ना, निरन्तरता तथा पुस्तान्तरण गर्न सबैले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो।

उहाँले नेपालको मौलिक पहिचान र सांस्कृतिक विविधतालाई संरक्षण गर्दै परम्परागत संस्कारलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ। ‘रीति, थिति, संस्कार, संस्कृति र परम्पराको जगेर्ना निरन्तरता र पुस्तान्तरण सबैले गर्न जरुरी छ, हाम्रो देशको मुलआत्मा नै जातीय विविधतामा एकता र हाम्रो पारम्परिक संस्कारको निरन्तरता नै हो’, थापाले भन्नुभएकाे छ । 

मुख्यमन्त्री थापाले बडादशैँको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिनुभएको छ।