काठमाडौं, कात्तिक १० । प्रहरीले ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफलाई पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सर्राफको साथबाट ६८ किलो २४४.२४ ग्राम चाँदीका गरगहना बरामद गरिएको छ । उहाँका अनुसार सर्राफलाई सोमबार चन्द्रागिरि नगरपालिका–७ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सर्राफलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्