रूपन्देही, मंसिर ८ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्यूठानस्थित धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी पुगेर स्वर्गद्वारी महाप्रभुको दर्शन तथा पूजा गर्नुभएको छ ।
स्वर्गद्वारी आश्रम पुग्नुभएका देउवालाई आश्रमका उत्तराधिकारी ध्रुवश्रीले स्वर्गद्वारी महाप्रभुको जीवन, तपस्या तथा आश्रमको धार्मिक र ऐतिहासिक महत्त्वबारे जानकारी गराउनुभएको थियो ।
दर्शन तथा पूजाका क्रममा देउवासँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति रोज राणा, प्यूठान कांग्रेसका सभापति देवेन्द्रसहित जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
देउवा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटनका लागि देउखुरी आउनुभएको थियो । सोही क्रममा उहाँले स्वर्गद्वारी पुगेर महाप्रभुको दर्शन तथा पूजा गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्