जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार २०:३८

पुलछेउ सेल्फी खिच्दै भिडिओ बनाउने क्रममा भेरीमा बेपत्ता भए नेपालगञ्जका दुई युवा


सुर्खेत, मंसिर ८ । भेरी नदीको पुल नजिक सेल्फी खिच्दै भिडिओ बनाउने क्रममा नदीमा पुगेका नेपालगञ्जका दुई युवा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् ।

उनीहरू घुम्न तथा आफन्तसँग भेटघाट गर्न सुर्खेत पुगेका थिए । भेरी नदीको पुल नजिक भिडिओ बनाउने क्रममा नदीमा पसेपछि बगेको सूचना प्राप्त भएको सुर्खेत प्रहरीले जनाएको छ ।

बेपत्ता दुवै युवाको गोताखोर परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ । तर, उनीहरू अहिलेसम्म फेला परेका छैनन् ।