जनता टाइम्स

२८ माघ २०७६, मंगलवार ०८:३२

पूर्वसचिव पत्नी मुना हत्याको त्यो दर्दनाक दृष्य


ललितपुर, माघ २८ । पूर्वसचिव अर्जनुकुमार कार्कीको पत्नी मुना कार्कीको हत्या घरेलु कामदार बिजय चौधरीबाटै भएको देखिएको छ । सिसी टीभी फुटेजले पूर्वसचिव कार्कीका घरमा बस्दै आएका घरेलु कामदार बिजयले नै उहाँकी पत्नी मुनाको निर्ममतापुर्वक हत्या गरेको देखिएको छ ।

प्रहरीले सिसी टीभि फुटेज उधृत गर्दै दिएको जानकारी अनुसार सोमवार विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाए अनि बल लगाएर भूइँमा लडाए । भुईमा लडेकी मुनाले प्रतिवाद गर्नुभयो तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाए । करीव पाँच मिनेट लामो यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको प्लाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काए । मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा भयो । चौधरीको यातनाबाट मुना अचेत बन्नुभयो । त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुपको अगाडि ढोका छेउमै गएर आत्महत्या गरे सिसिक्यामेरा फुटेज अनुसार, विहान १०.२० देखि १०.४० वजेसम्म उक्त हत्या घटना भएको हो ।

विगत आठ वर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको थियो । सोमवार विहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पुर्याउन गएको वेलामा उक्त घटना भएको हो । कार्की दम्पति १२ वर्षीय छोरा र दुई कामदारका साथ बस्दै आएका थिए । दुई छोरी उच्च शिक्षा अध्ययनका क्रममा विदेशमा रहेका छन् ।

छोरा सरह पालेका बिजयको योहर्कतले पूर्वसचिव कार्कीमाथि भने बज्रपात भएको छ । उहाँले सवथोक गुमाउनु परेको अनुभुति गर्नुभएको छ । आफ्नो हरेक समस्यामा समाधान बन्नुभएकी मुनाको हत्याबाट पूर्वसचिव कार्की निकैमर्माहत बन्नुभएको छ ।

सो घटना रहस्यमय भएकाले थप अनुसन्धान जारी रहेको भनाई प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक हृदय थापाले घरमुली मुनाको हत्या र आत्महत्याको सम्वन्धमा अनुसन्धान जारी रहेको बताउनुभयो ।