जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १५:५४

ज्वेलरी व्यवसाय सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र : प्रधानमन्त्री ओली


काठमाडौं, जेठ ३

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्ध्घाटन गर्नुभएको छ । खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने सुझाव पनि दिनुभयो । ‘यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।’ प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गर्नुभयो ।