जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १४:०५

विपी राजमार्ग : प्रहरी र स्थानीय सरकारको उत्कृष्ठ सक्रियता, सात हजार बढि श्रमिकको उद्धार


काठमाडौं, बैशाख ५

शहरमा श्रमिकहरु टिक्न नसकेपछि आफुखुशी गाउँ फर्किने लहर रोकिएको छैन । रोजगारदाताले काम नभएपछि निकालिएका उनिहरु अहिले चाउचाउ र पानीको भरमा सयौं किलोमिटर यात्रा पैदल नै हिडिरहेका छन् । कतिपयलाई विभिन्न संघसस्थाले खानाको व्यवस्था गरेपनि बाटोमा हिड्ने श्रमिकको सख्यामा कमि आएको छैन ।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो प्रदेशमा आइपुगेका श्रमिकलाई नजिकको प्रहरीसँग सम्पर्क गरी क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभएको छ । उहाले त्यहा बसुन्जेल खानाबस्न निशुल्क रुपमा प्रदेशले उपलब्ध गराउने बताईसक्नु भएको छ । तर, अधिकाशं स्थानीय निकाय भने यसविषयमा मौन बसेका छन् । आफ्नै सरकारको आगनबाट हिडिरहेका मजदुरको पनि उनिहरुले वेवास्था गरिरहेका छन् । तर, विपी राजमार्गमा भने विहिवारको दृश्य अहिक फरक देखिन्थ्यो ।

प्रहरी र स्थानीय सरकारको समन्वयको त्यहा उत्कृष्ठ उदाहरण देखिएको थियो । उपत्यका र आसपासका जिल्लाबाट विशेषगरी पूर्वतिर जाने श्रमिक विपी राजमार्ग भएर जाने गर्दछन् । सोही बाटो भएर जादै गरेका श्रमिकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले समन्वय गरेर घर पठाईरहेको छ, त्यो पनि गाडीमा । खुर्कोटकी इन्चार्ज प्रहरी इन्सपेक्टर शान्ता वाइबाले त्यहा पुगेका श्रमिकलाई निश्चित सख्या पुग्नेगरी रोक्ने गर्नुभएको छ । त्यसपछि स्थानीय सरकारका प्रमुखलाई फोन गरी त्यहा भेला भएको सख्या र पु¥याउनुपर्ने ठाउको बारेमा जानकारी गराउनु हुन्छ ।

सकेसम्म सबैलाई उद्धार गरी घर पठाएको उहाले बताउनु भयो । इन्सपेक्टर वाइबाका अनुसार अहिलेसम्म करिव सात जनालाई गाँउपालिका, तरकारी, खाद्यान्य पु¥याएर फर्किएका गाडीमा पठाउने गरिएको जानकारी दिनुभयो । साथै बाटोमा खानका लागि केही विस्कुट र पानीको समेत व्यवस्था गरिएको छ । उद्धार गरिएका श्रमिकले पनि निक्कै राहात महसुस गरेका छन् । उनिहरुले अब भने बाचियो भन्दै निक्कै हर्षित मुद्रामा देखिए ।