जनता टाइम्स

७ बैशाख २०७७, आईतवार १७:१४

अनर्गल समाचार प्रकाशित गरेकोमा पत्रपत्रिकामाथी डा. शेरबहादुर पुनको कडा आपत्ति (विज्ञप्तीसहित)


काठमाडौं, बैशाख ७

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्नुभएको छ । उहाले आफ्नो विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमले अनर्गल प्रचार गरिदिएको बताउनु भएको हो ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित हुनु भएका उहाले विज्ञप्ती निकालेर यस्तो अनर्गल प्रचार नगर्न आग्रह गर्नुभएको छ । ‘पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रशारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, डा. पुनले जारी गर्नुभएको विज्ञप्तीमा भन्नुभएको छ, ‘यस सम्बन्धमा आइतबार म कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ। उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु।’

          यस्तो थियो मन्त्रालयले सचिवस्तरमा निर्णय गरी पठाएको पत्र

डा. पुनले मन्त्रालयको पत्रलाई आफूले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको उल्लेख गर्नुभएको छ । ‘यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियाशिल रहिरहेको छु’, पुनले भन्नुभएको छ, ‘अत यस सम्बन्धमा मा.मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी मेन्डेमीकका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सम्बद्ध सबैमा अनुरोध गर्दछु।’