जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १९:००

कोरोना संक्रमितको सख्या ४२ पुग्यो, मंगलबार थप ११ संक्रमित भेटिए


काठमाडौं, बैशाख ९

कोरोना संक्रमितको सख्या ४२ पुगेको छ । मंगलबार उदयपुरका ८ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी केन्द्रीय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जनाका कोरोना पोजेटिभ र काठमाडौंको परिक्षणमा ३ जना नयाँ सक्रमित फेला परेको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले जानकारी दिनुभयो । योसँगै संक्रमितको संख्या ४२ पुगेको छ । साथै आजै एक जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।