जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार १६:३२

उदयपुर र जनकपुरमा दुई जनामा भेटियो कोरोना


काठमाडौं, बैशाख ११

उदयपुर र जनकपुरमा थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको आज गरिएको परिक्षणमा दुई जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उदयपुरमा ५५ वर्षिया महिला र जनकपुरमा १४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरको भुल्केकी महिलामा कोरोना देखिएको हो । त्यहामात्र कोरोना लागेकाको सख्या २८ पुगेको छ ।