जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार २०:५७

नेपालमा थप एक जनामा कोरोना, ४८ पुग्यो संख्या


काठमाडौं, बैशाख ११ । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । आज एक जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

आज साँझ संक्रमण पुष्टि भएको व्यक्ति २६ वर्षीया पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । कोरोना संक्रमित युवक भोजपुरका भएको मन्त्रालयले जनाएको छ ।