जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार ०९:३८

लकडाउनले नेपालको वायुको गुणस्तरमा उल्लेख्य सुधार : यस्तो छ नासाले सार्वजनिक गरेको सफा तस्विर


काठमाडौं, बैशाख १४ । नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको एक महिनामा प्रदुशन उल्लेख्य मात्रामा घटेको छ । लकडाउनले देशको अर्थव्यवस्थामा त्यसको प्रत्यक्ष प्रभाव परेको भएपनि देश प्रदूषणबाट वर्षौँपछि मुक्त भइरहेको पाइएको हो । नदी सफा भएका छन् भने टाढा टाढाबाट पनि हिमाल तथा पहाड देखिएका छन् । देशैभरको वायुको गुणस्तरमा उल्लेख्य सुधार भएको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।

नासाको अर्थअब्जरभेटरीले पछिल्लो चार वर्षको तस्बिर सार्वजनिक गरेको छ । जसमा पाकिस्तान, भारत, बंगलादेश र नेपालको अवस्थाबारेमा जानकारी दिइएको छ । धेरै कलकारखाना बन्द छन्, सडकमा गाडीको उपस्थिति कम छ । मानिसहरु पनि घरबाहिर निस्किएका छैनन् । त्यसैले वातावरण धेरैपछि प्रदूषण मुक्त भएको हो ।

नासाले वातावरणको क्षेत्रमा गहन अध्ययन भइरहेको जनाएको छ । अंतरिक्ष संस्था नासाले यी तस्बिर मोडरेट रिजोल्युसन इमेजिङ स्पेक्ट्रोरेडियोमिटर (MODIS) टेरा स्याटेलाइटबाट लिएको हो । लकडाउनका कारण प्रदूषण तिब्ररुपमा हट्दै गएको देखिएको छ ।