वीरगन्ज, बैशाख १४
प्रदेश–२ को वीरगन्जमा थप दुई जनामा कोरोना भाइरस देखिएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो । योसँगै संक्रमितको सख्या ५१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा दुवै जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गर्नुभयो । छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । तीन जनालाई यसअघि नै कोरोना भएको पुष्टि भईसकेको छ ।
ती मध्ये वीरगन्ज–३ छपकैयाका ५० वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ । अर्का वीरगन्ज–२ घुसुकपुरका ५० वर्षीय पुरुषलाई पनि अस्पताल ल्याइएको छ । उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना संक्रमणपछि नारायणी अस्पतालमा उपचार गराइरहेको ३ भारतीय जमातीलाई भने केहीबेरमा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्