जनता टाइम्स

१५ बैशाख २०७७, सोमबार ०९:१५

लकडाउनको बेला अश्लिल साइट हेर्ने सवैभन्दा बढी


काठमाडौं, बैशाख १५ । लकडाउनको समयमा इन्टरनेटमा सवैभन्दा बढी अश्लिल साइट हेर्ने गरेको तथ्य बाहिर आएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको थियो । लकडाउनको अवधीमा सवैभन्दा बढीले अश्लिल साइट हेर्ने गरेको एक अध्ययनले देखाएको हो ।

सरकारले अश्लील साइटमा प्रतिबन्ध लगाए पनि सर्वेक्षणमा ४१.७ प्रतिशत मानिसले अश्लील साइट प्रयोग गरेको देखिएको छ । बन्दाबन्दीका बेला बालबालिका, युवा तथा अभिभावले पहिलेको दाँजोमा धेरै इन्टरनेट चलाउने गरेको पनि सर्बेक्षणले देखाएको छ । साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे चाइल्ड सेफ नेटले एउटा सर्वेक्षणमा सञ्चालन गरेको थियो । सो सर्वेक्षण अनुसार लकडाउनको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक चार देखि छ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको छ भने १० देखि १२ घण्टा सम्म १५.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ ।

लकडाउन भन्दा अगाडि २६.९५ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टासम्म र भने १० देखि १२ घण्टा सम्म ४।५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेका थिए । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७२.६ प्रतिशत मानिसको पहुँच ब्रोडब्याण्ड इण्टरनेटमा छ भने ५५.३ प्रतिशतले मोबाइल ब्रोडब्याण्ड इण्टरनेट चलाउँछन् । चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुबंशीका अनुसार नेपालमा सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल फेसबुक रहेको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकको सक्रिय प्रयोगकर्ता एक करोड दश लाख रहेको जानकारी दिनुभयो ।

लकडाउनमा दैनिक धेरै प्रयोग हुने साइट तथा एपमा युट्युब रहेको छ भने सबैभन्दा कम प्रयोग हुनेमा फ्री फायर गेम रहेको छ । त्यसैगरी धेरै प्रयोग हुने दोस्रोमा फेसबुक, तेस्रोमा नेपाली न्यूज पोर्टल, चौथोमा इन्स्टाग्राम, पाचौँमा अन्तराष्ट्रिय न्यूज पोर्टल, छैटौँमा विकिपिडियासहित अन्य सिमिलर साइट, सातौँमा स्कुल तथा कलेजका साइट र त्यसपछि टिकटक, ट्विटर, पब्जी, स्न्यापच्याट लगायत अन्य अनलाइन गेम रहेका छन् ।

सर्वेक्षणमा बन्दाबन्दीमा एक घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ भने ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको छ । सर्वेक्षणमा ८७.१ प्रतिशत मानिसले मोबाइल फोनबाट, १०.६ प्रतिशत मानिसले कम्प्युटर तथा २.३ प्रतिशत मानिसले ट्याबलेटबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ । इन्टरनेट मनोरञ्जनको लागि धेरै प्रयोग भएको सर्वेक्षणमा पाइएको छ । त्यसैगरी क्रमशः न्युज तथा जानकारीको लागि, आफन्त साथिभाईसँग जोडिन, शिक्षा तथा अन्यको लागि इन्टरनेट प्रयोग हुने गरेको पाइएको छ ।

त्यसैगरी सर्वेक्षणका अनुसार बालबालिकाहरु सबैभन्दा बढी अनलाइन दुर्व्यवहार तथा शोषनको जोखिममा रहेका छन । सर्वेक्षणबाट पत्ता लागेका तथ्यहरूका अनुसार बालबालिका तथा युवा वर्ग इण्टरनेट दुव्र्यसन, गेमिङ दुव्र्यसन तथा वयस्क सामग्रीहरूसँगको सम्पर्कसम्बन्धी जोखिमप्रति उच्च रुपमा संवेदनशील हुनसक्ने पाइएको छ । नेपालमा सरकारले अश्लील सामग्री राखिने साइटहरूमाथि प्रतिवन्ध लगाएको भए पनि बालबालिका तथा युवा वर्गसहितका ४ प्रतिशतभन्दा बढी उत्तरदाताहरूले त्यस्ता साइट आफुले हेरेको जनाएका छन ।