जनता टाइम्स

१५ बैशाख २०७७, सोमबार १५:५८

जब स्वीजरल्याण्डको हिमालमा चम्कियो नेपाली झण्डा


काठमाडौं, बैशाख १५

विश्व यतिबेला कोरोना भाइरसविरुद्ध लडिरहेका बेला सबैमा हिम्मत र एकता जुटाउन आवश्यक छ । सोही भावनालाई जागृति गराउने स्विजरल्याण्डमा अहिले एउटा नयाँ प्रयोगले विश्वको ध्यान केन्द्रीत भईरहेको छ ।

कोरोना भाइरसविरुद्धको लडाइँ जित्‍न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा विभिन्न देशको झण्डा चम्काइएका छन् । तेजिला बत्तीहरुबाट झण्डा बनाएर हिमालमा राखिएका छन् । जसमा नेपालको झण्डा पनि राख्‍ने गरिएको छ ।

स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डा पनि चम्काउन थालिएको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको बताइएको छ ।

‘नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ । एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो ऐक्तबद्दताको सन्देश पठाउँछौं ।’, त्यहा झण्डा राखिएको सस्थाको ट्विटरमा भनिएको छ ।