जनता टाइम्स

२५ बैशाख २०७७, बिहीबार २०:५९

फेरि थपिए नेपालमा कोरोना संक्रमित : कपिलबस्तुका दुई युवामा देखियो कोरोना पोजेटिभ


काठमाडौं, बैशाख २५

कपिलवस्तु जिल्लामा दुई जना युवा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलबस्तु–८ निवासी ती दुई युवामा कोरोना देखिएको हो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुको सम्पर्कमा आएकाको पहिचान गर्ने काम शुरु गरिने बताइएको छ । योसँगै नेपालमा एक सय एक जनामा संक्रमण देखिएको छ ।