वासिंटन, बैशाख २५ । अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसरको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ लीको गोली हानी हत्या गरिएको हो ।
उनी गत शनिबार आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गोली लागेको प्रहरीको भनाई छ । प्रहरीले उनको हत्या आफ्नै साथी इन्जिनियर हाउ गुले गरेको दावी गरेको छ । प्रहरीका अनुसन्धान अनुसार हाउले उनको हत्यापछि आत्महत्या गरेका थिए ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रोफेसर लीले पछिल्लो समय कोभिड १९ को गहन खोज गरिरहेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको घटनालाई चासोका साथ हेरिएको छ । तर प्रहरीहरुले उनको हत्याको कारण कोभिड १९ को अध्ययन र उपलब्धिसँग सम्बन्धित रहेको कुनै प्रमाण हालसम्म नभेटिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्