जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार ०९:५२

चीनको चेतावनी : अमेरिकाले तुरुन्तै गल्ती सच्याओस


बेइजिङ, बैशाख ३० । अमेरिकाले आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा चीनले जवाफी निर्णय गर्ने चेतावनी दिएको छ । चीनले अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ ।

अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागू गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको विरोध गरेको हो ।

आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने घोषणा पनि चीनले गरेको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ । ‘हामी यसको विरुद्ध कडा विरोध र असन्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो गल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भन्नुभएको छ ।