जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १३:१६

एकैदिन आज ५७ जना संक्रमित भेटिए, भारतसँग सिमा जोडिएको जिल्ला खतरामा


काठमाडौं, बैशाख ३०

नेपालमा एकैपटक ५७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा एकैपटक ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतसँग सिमा जोडिएको जिल्ला सबैभन्दा बढि भयावह देखिन थालेको हो । सबैभन्दा बढि ३९ संक्रमित पर्सामा देखिएको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जनामा संक्रमित देखिएका हुन् । सबै पुरुष रहेको र उनिहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको थियो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । भारतसँग खुल्ला सिमाबाट उनिहरु नेपाल छिरेको आशंका गरिएको छ ।

एकैदिन यति ठुलो सख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । योसँगै नेपालमा संक्रमितको सख्या १९१ पुगेको छ । पछिल्लो दिन संक्रमितको सख्या आक्रमक रुपमा अगाडी बढ्न थालेको छ ।