बीरगञ्ज, बैशाख ३० । नेपालमा पहिलो पटक पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्सामा आज फेला परेका ३९ संक्रमितमध्ये नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारीसहित चार जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जनाको नाम खुलेको छ ।
चैत ३१ मा तीन जनामा पहिलो संक्रमण देखिएपछि रिपोर्टिङ गर्न हिँडेका ४ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पाइएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेका अनुसार पत्रकारमहासंघ पर्साका पदाधिकारीसहित ४ जनालाई कोरोना संक्रमण भएको हो । महासंघ पदाधिकारीमा संक्रमण देखिएको भन्दै अन्यको पनि परीक्षण हुनुपर्ने माग पत्रकारहरुले गरेका छन ।
प्रतिक्रिया दिनुहोस्