जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार १३:४२

टिचिङका ३८ चिकित्सक, नर्स र ५ विरामी आइसोलेसनमा


काठमाडौं, जेठ १

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल वार्ड सिल गरी त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सहरूलाई आइसोलेसनमा राखिएको छ ।

साथै सो वार्डमा उपचार गराइरहेका पाँच जना बिरामीलाई पनि आइसोलेसनमा राखिएको त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताउनुभयो । सबै जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई वैशाख ३० गते उपचारका लागि शिक्षण अस्तपाल ल्याइएको थियो । बालिकामा कोरोना पुष्टि भएपछि वार्डमा कार्यरत चिकित्सक तथा नर्स र कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी गरिएको हो ।