जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार २०:३८

काठमाडौंका एक बालकसहित तीन जनामा देखियो कोरोना, २४९ पुग्यो संक्रमित संख्या


काठमाडौं, जेठ १

काठमाडौंमा पुन एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौं दहचोक निवासी ७ वर्षीय बालकसहित तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा धादिङ निवासी ३० वर्षीया महिला र धनुषा निवासी १७ वर्षीया युवतिमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।