जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार १५:४७

BREAKING NEWS : मृतक महिलामा कोरोनाको पुष्टि, ९ दिने सुत्केरी थिइन् मृतक महिला


काभ्रे, जेठ ३

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । ९ दिने सुत्केरी महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको हो ।

बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो । अस्पताल ल्याएको केही समयमै उनको मृत्यु भएको हो ।

त्यसपछि चिकित्सकले स्वाब निकालेर परीक्षण गरेका थिए । सोही अस्पतालमा स्वाब परीक्षण समेत हुने गरेको छ । स्वाब निकालेर परीक्षण गर्दा कोरोनो पोजेटिभ देखाएको थियो । त्यसलाई पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । त्यहा पनि परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनि काठमाडौं टिचिङ अस्पतालमा २३ गते भर्ना भएर २४ गते बच्चा जन्माएर २५ गते घर फर्किएकी थिइन् । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई टिचिङबाटै कोरोना सरेको आशंका गरिएको छ ।

घर फर्किएदेखी नै ज्वरो आउने र स्वास फेर्न गाह्रो भएपछि बाह्विसे स्वास्थ्यकेन्द्र लगिएको थियो । त्यहा भेन्टिलेटर नभएका कारण धुलिखेल अस्पताल रेफर गरिएको थियो ।

‘हामीले अनेक प्रयास गर्यौं । स्वास फेर्न गाह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ त्यहा कार्यरत चिकित्सकले भन्नुभयो, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं ।’

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृत्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘सतर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’ (पहिलाको हेडलाइनमा केही गल्ती भएकाले पुनः सच्याइएको छ – सं.)