जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार १२:२८

कोरोना भाइरसबाट महिलाको मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसुति विभाग र गोंगबु क्षेत्र सिल


काठमाडौं, जेठ ४

कोरोनाभइरसको संक्रमणबाट सुत्केरी महिलाको मृत्यु भएपछि त्रिवि शिक्षण अस्पताल(टिचिङ)को प्रसुति विभाग सिल गरिएको छ । बैशाख २४ गते बच्चा जन्माएर भोली उनि सोही अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

मृतक महिलाका पतिले सोही अस्पतालबाट कोरोना सरेको हुन सक्ने आशंका व्यक्त गरेपछि शिक्षण अस्पतालले अनुसन्धान र सतर्कताको दायरा पनि बढाएको हो । ती महिलाको सम्पर्कमा आउनेहरूको पहिचान गरिएको र उनीहरूको कोरोना परीक्षण गर्न लागिएको त्रिवि शिक्षण अस्पतालमा कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिनुभयो । २३ गते भर्ना हुनुभन्दा दुई दिनअगाडि नै ति महिला अस्पताल आएको पनि खुलेको छ ।

यसैबीच, ती महिला सुत्केरी हुनु अघिसम्म डेरामा बसेको गोंगबु क्षेत्र टोखा नगरपालिका वडा नम्बर ९ मा रहेको खुलेको छ । अहिले ती महिला बस्ने घर, वरपरका छिमेकी तथा उनीसँग सम्पर्क गरेका सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ । सो क्षेत्र सिल गरेर थप परीक्षणको तयारी भईरहेको छ ।