जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार १६:५२

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा देखियो कोरोना, नेपालमा दोस्रो मृत्यु


काठमाडौं, जेठ ४

नेपालमा कोभिड–१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । भारतबाट बैशाख ३० गते नेपाल आएर बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको हो ।

उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । लगातार दुई घन्टा वान्ता गरेका उनको बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको थियो ।

मटैया–५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो । यसअघि नेपालमा पहिलोपटक १ जेठमा सिन्धुपाल्चोकी २९ वर्षीया महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।