काठमाडौं, जेठ ५ । आज थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अधिकारीका अनुसार आज राती धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा कोरोना संक्रमित भेटिएका हुन । आज राती १८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
आज दैलेखमा भेटिएसँगै नेपालको सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार आज राती बाँकेमा १२, धनुषामा २, खोटाङमा १, सुनसरमाी १, झापामा १ र दैलेखमा १ जना कोरोना संक्रमित फेला परेका हुन ।
प्रतिक्रिया दिनुहोस्