जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १६:३५

उपत्यकाका तीन जिल्लासहित थप २७ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ४०२ पुग्यो (सूचीसहित)


काठमाडौं, जेठ ६ । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार आज (मंगलबार) थप २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो ।

देवकोटाका अनुसार नयाँ संक्रमित काठमाडौं, भक्तपुरदेखि झापासम्मका रहेका छन । उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १९ पिसिआर बिधिबाट परीक्षण गरिएको थियो । आज थपिएका कोरोना संक्रमितहरु १७ देखि ४२ बर्ष उमेरका हुनुहुन्छ । जसमध्ये २४ पुरुष र ३ महिला हुनुहुन्छ । जसमध्ये झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३ भक्तपुरका १, मकवानपुरका १, रामेछापका १, ललितपुरका १, सिन्धुली १, लम्जुङको १, कपिलबस्तुको ४ नवलपरासीका १ जना रहेका छन ।

स्वास्थ्य पवक्ता देवकोटाका अनुसार अहिलेसम्म देशभर गरी ४१२ कोरोनाको रेडजोनमा परेका छन । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार दुई सय ८० र आरडीटी विधिबाट ५ हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन । उपत्यकामा १७ र बाहिर ४ सय ४० गरेर ४ सय ५७ जनालाई आइसोलेसनमा राखिएको छ । मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन । उहाँ २५औं दिनमा डिष्चार्ज हुनुभएको हो । योसँगै उपचारपछि डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।