जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार ०९:२१

काठमाडौंकै दुई प्रहरीमा देखियो कोरोना संक्रमण


काठमाडौं, जेठ ७ । दुई प्रहरीमा कोरोना पोजिटिभ देखिएपछि महानगरीय प्रहरी बृत्त कालीमाटी, महिला सेल र ट्राफिक कार्यालय शील गरिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना प्रहरी नायव निरीक्षक (सई) र जवानलाई कोरोना पोजेटिभ देखिएको हो ।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । आजबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको छ ।