जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १३:४७

मिडियाले फेरि यसरी फैलायो कारोनाबारे अफवाह


काठमाडौं, जेठ ७ । नेपाली मिडिया पुनः चिप्लिएको छ । ब्रेकिङ न्यूजको होडवाजीमा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएका एक बिरामी उपचाररत रहेकै अवस्थामा मिडियाले मृत्यु भएको भन्दै झुटो समाचार दिएर अफवाह फैलाएको हो । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।

आज मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो । अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ । ुविरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न सबैलाई अपिल गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर बिरामीको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास) मा राखेर उपचार भइरहेको जनाएको हो ।