जनता टाइम्स

७ जेष्ठ २०७७, बुधबार १७:१३

थप २५ जनामा कोरोना, संक्रमितको संख्या ४२७ पुग्यो


काठमाडौं, जेठ ७ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाका अनुसार उनीहरु ३ बर्षदेखि ४८ बर्ष उमेरका रहेका छन। जसमा १८ जना पुरुष र ७ जना महिला छन । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा देवकोटाले संक्रमित हुनेहरुमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७ पुरुष) र एक जना २४ वर्षीय महिला रहेको जानकारी दिनुभयो । यसैगरी बाँकेमा ६ पुरुष (नरैनापुरका १७, २०, २८ र ३० वर्षका र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना उपचारपछि निको भएका छन । भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।