जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १६:१२

काठमाडौंमा रहेका चार जनाले जिते कोरोनालाई, अस्पतालबाट डिस्चार्ज


काठमाडौं, जेठ ८

काठमाडौंमा आज चार जनाले कोरोनालाई हराउदै अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जना पुरुष र दुई जना महिला बिहीबार डिस्चार्ज हुनु भएको हो ।

एक सातामै उहाहरुले कोरोनामाथी जित निकालेर उपचारपछि घर फर्किनु भएको छ । भक्तपुर दुवाकोटका पुरुष, ठिमीमा साथीको कोठामा बसेकी नर्स, कन्चनपुरबाट आएकी महिला र अर्की एक महिलामा कोरोना देखिएको थियो । २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनु भयो ।

योसँगै नेपालमा अहिले कोरोना संक्रमित ४४४ मध्ये ४९ जना घर फर्किनु भएको छ । अन्यको उपचार जारी छ भने तीन जनाको मृत्यु भएको छ ।