जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १६:३३

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण, संख्या ४५३ पुग्यो, मृत्यु हुनेको संख्या ३


काठमाडौं, जेठ ८

नेपालमा आज २६ जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या थपिएको जानकारी दिनुभयो । यसैगरी गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । नेपालमा ३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ४९ जना निको भएर डिस्चार्ज भएका छन् ।

आज टेकू अस्पतालबाट नवौं दिनमा ४ जना डिस्चार्ज भएका छन् । यसअघि आज बिहान झापाका १५, धरानमा १ र धनकुटाका १ जनालाई गरि १७ जनालाई कोरोना पुष्टि भएको थियो । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४१३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ३८ हजार ७३६ जनाको परीक्षण भएको छ भने र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटि) बाट ७८ हजार ६९५ जनाको परीक्षण भएको छ । २४ घण्टामा ३ हजार ६२३ जनाले आरडीटिबाट परीक्षण गराएका थिए ।