जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार १६:०१

सरकारले गर्यो संबिधान संशोधन बिद्येयक संसदमा दर्ता : अव यस्तो हुनेछ नेपालको निशान छाप


काठमाडौं, जेठ ९ । सरकारले संघीय संसद सचिवालयमा संविधान संशोधन बिद्येयक दर्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संबिधान संशोधन गर्ने निर्णय गरेलगत्तै सरकारले संसद सचिवालयमा बिद्येयक दर्ता गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गर्नुभयो । कानुनमन्त्री तुम्बाहाङफे आज दिउसो ३ बजे सचिवालयमा बिद्येयक दर्ता गराउनु भएको हो ।

मन्त्रिपरिषद्को आजै बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।