जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार १६:३५

थप २० जनामा कोरोना संक्रमण : ५०७ पुगे नेपालमा संक्रमित संख्या (सातै प्रदेशको सूचीसहित)


काठमाडौं, जेठ ९ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले यस्तो जानकारी दिनुभएको हो । स्वास्थ्य प्रवक्ता देवकोटाका अनुसार आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता देवकोटाका अनुसार आज थप संक्रमित हुनेमा बाँकका १४ जना रहेका छन । यस्तै कैलालीका तीन, डडेलधुराका १, बैतडीका १ र मोरङको रतुवामाई नगरपालिकाका १ जना रहेका छन । थपिएका २० जनासँगै संक्रमितको संख्या ५०७ पुगेको हो ।

डाक्टर देवकोटाका अनुसार संक्रमितहरुमा प्रदेश १ मा ८५, प्रदेश २ मा १५१, बाग्मतिमा २८, गण्डकीमा ५, प्रदेश ५ मा २२९, कर्णालीमा १ र सुदुरपश्चिम प्रदेशमा १० जना रहेका छन ।