जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार ११:१८

काठमाडौंसहित नौं जिल्लाका थप ७२ जनामा कोरोना पुष्टि :  संक्रमित संख्या ६७५ पुग्यो (सूचीसहित)


काठमाडौं, जेठ १२ । काठमाडौंसहित ९ जिल्लाका थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भर्खरै बिज्ञप्ती जारी गरी यस्तो जानकारी दिनुभएको हो ।

यो संगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, धनुषा, कपिलबस्तु, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेख जिल्लामा गरी आज ७२ जनामा कोरोना संक्रमण पष्टि भएको हो ।