जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार १३:२८

रेमिट्यान्स पठाउन राष्ट्र बैंकले बनायो यस्तो सहज नियम


काठमण्डौ, जेठ १३

विश्वमा कोरोना महामारीले हिड्डुलमा असहज भईरहेका बेला नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारमा नयाँ नियम लागू गरेको छ । राष्ट्र बैंकले विदेशमा रहेका नेपाललीलाई घरमै बसेर रेमिट्यान्स पठाउन पाउने सुविधा दिन तयारी थालेको हो ।

प्राविधिक तयारी पुरा हुनै लागेको जनाउदै त्यो पुरा नहुदासम्म एकै व्यक्तिलाई ५० जनाको सम्म रकम पठाउन पाउने व्यवस्था गरेको छ । केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतवार सूचना प्रकाशित गरेर सहजिकरणको बाटो खोलेको हो । यसअघि विदेशबाट पैसा पठाउने व्यक्ति स्वयम् उपस्थिति भएर विदेशी रेमिट्यान्स पठाउनुपर्ने व्यवस्था थियो ।

सम्बन्धीत कम्पनीका प्रतिनिधीले कामदारको पारि श्रमिक बैंकमा जम्मा गरिदिँदा ती कर्मचारीको अनुरोधमा नेपालमा पनि पैसा पठाउन सक्ने व्यवस्था गरिएको छ । अर्थात्, अब कोही विदेशी नागरिकले पनि नेपालमा रेमिट्यान्स पठाउन सक्ने छ । तर, त्यसरी विदेशबाट पैसा पठाउँदा नेपालमा भएको एक जना हिताधिकारीको नाममा प्रतिदिन एक पटकमा १५ सय अमेरिकी डलरभन्दा बढी पैसा पठाउन पाउने छैन ।

त्यस्तै, विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । ‘यसरी प्राप्त विवरणको आधारमा नेपाल स्थित विप्रेशण प्रदायक बैंक वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी एकिन गरेर नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने’ राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकले सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने व्यवस्था पनि गरेको छ । राष्ट्र बैंकले भनेको छ, ‘विश्वभर रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा ती देशमा रहेका बैंक वित्तीय संस्थासँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोली, खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, खातामा रहेको रकम मध्येबाट कम्पनी प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाममा भुक्तानी हुनेगरी विदेशी मुद्रा विप्रेषण गरी नेपाल पठाउने र त्यो रकम नेपालमा प्राप्त गरिसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्था अनुरूप भुक्तानी गर्नसक्ने छन ।’