जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार १६:४१

कोरोना अपडेट : चार जनाको मृत्यु, ६८२ जना संक्रमित, १११ जना उपचारपछि घर फर्किए


काठमाडौं, जेठ १२ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गरेसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।

७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। उनको मृत्युपछि परिवारले दाहसंस्कार गरेको आठ दिनपछि कोरोना पुष्टि भएको हो । यसैगरी आज थप ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले जानकारी दिनुभयो ।

संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरूष, गुलरिया र पर्साका संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना योसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। आजै बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए। अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन ।