जनता टाइम्स

१३ जेष्ठ २०७७, मंगलवार १८:४६

थप ९० जनालाई कोरोना संक्रमण : ७७२ पुग्यो कुल संक्रमित संख्या, उपचारपछि भएर घर फर्किए १५५


काठमाडौं, जेठ १३ । नेपालमा थप ९० जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार आज ९० जना कोरोना संक्रमित थपिएका हुन ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। आज थपिनेमा महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२ जना रहेका छन । यसैगरी सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्। पछिल्लो समय नेपालमा दैनिक कोरोनाको संक्रमण वृद्धि बढेको छ। कोरोना संक्रमण देखिनेमा अधिकांश छिमेकी मुलुक भारतबाट आएका नेपाली रहेका छन ।